संसद विघटन गर्ने ओलीको कदमले देशमा राजनीतिक अस्थीरता बढायोः वामदेव गौतम

संसद विघटन गर्ने ओलीको कदमले देशमा राजनीतिक अस्थीरता बढायोः वामदेव गौतम


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्र केपी शर्मा अ‍ोलीले संसद विघटन गर्नु गैरसंवैधानिक कदम भएको प्रतिक्रिया दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् ।

‘ओलीले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदा हुँदै संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भत्र्सना योग्य छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस कदमले देशमा राजनीतिक अस्थीरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ ।’