प्रधानमन्त्रीको राजीनामा माग्दै ओली र प्रचण्डलाई वामदेवले भनेः तुुरुन्तै सचिवालय बैठक बोलाउनूस्

प्रधानमन्त्रीको राजीनामा माग्दै ओली र प्रचण्डलाई वामदेवले भनेः तुुरुन्तै सचिवालय बैठक बोलाउनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले संसद विघटन जस्तो असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री अ‍ोलीको राजीनामा माग गरेका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

‘ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनु पर्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसंग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु’, उनले भनेका छन् ।

उपाध्यक्ष गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने माग राखेका छन् ।

उनले निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनका अवसरमा प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुलाई धन्यवादसमेत दिएका छन् ।