एकता प्रस्ताव बोकेर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे वामदेव

एकता प्रस्ताव बोकेर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे वामदेव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि उपाध्यक्ष गौतम पहिलोपटक प्रधानमन्त्री भेट्न बालुवाटर पुगेका हुन् । उनी पार्टी एकताका विषयमा छलफल गर्न बालुवाटार गएका हुन् ।

उपाध्यक्ष गौतमले बिहीबार बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकता प्रस्तावबारे छलफल गरेका थिए । उनले दुवै पक्ष मिलेर जानुपर्ने बताएका थिए ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि विभाजित भएको नेकपालाई एक बनाउने अभियान चलाइरहेका छन् ।