अ‍ोली र प्रचण्डलाई वामदेवको प्रस्तावः एकताका निम्ति पहल गरौं

अ‍ोली र प्रचण्डलाई वामदेवको प्रस्तावः एकताका निम्ति पहल गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहला प्रचण्डसँग कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

मंगलबार आफू निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले प्रचण्डसँग कुरा गरेर वाम सरकार जोगाउन प्रधानमन्त्री अ‍ोलीलाई सुझाव दिएका हुन् । उनले सोमबार एकताका निम्ति प्रचण्ड र प्रधानमन्त्री अ‍ोलीलाई एकताका निम्ति पहल गर्न आग्रह गरेको जानकारी दिए ।

‘हिजो मैले एकताका निम्ती दुवै पक्षका कमरेडलाई भेटेर अनुरोध गरें । मैले भने – एकताका निम्ति पहल गरौं । प्रधानमन्त्रीलार्ई भेटेर भनें तपाईले प्रयत्न गर्नुपर्ने हो । वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस् ।  तपाईको प्रयत्न उचित भएन’, उनले भने ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेका विभिन्न निर्णयहरुमाथि असन्तुष्टी जनाएका छन् । उनले त्यसले पार्टीलाई एकताबद्ध नगराउने बताए ।

‘तपाईले अस्ती मात्रै आफ्नो पक्षका नेताहरु बोलाएर विभिन्न निर्णय गर्नुभयो । त्यसले तपाईको व्यवहार पार्टीलाई एकताबद्ध गर्नेतर्फ गएन । तपाई नेकपा एमलोको अध्यक्ष हो’, उपाध्यक्ष गौतमले भने, ‘तपाई एकताको संरक्षक पनि हो । तपाईले पार्टी एकता र नेताहरुको संरक्षण गर्न सक्नु भएन ।’

उनले नेकपा माओवादी केन्द्रमा कुनै समस्या नरहे पनि एमालेभित्र जटिल रुपमा समस्यहरु प्रकट भएको बताएका छन् ।