झलनाथ–माधवको प्रक्रिया ठिक भएनः वामदेव गौतम

झलनाथ–माधवको प्रक्रिया ठिक भएनः वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता वादेव गौतमले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने बताएका छन् ।

शुक्रबार खनाल–नेपाल पक्षले आयोजना गरेको अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले शनिबारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताएका हुन् ।

‘मेरो अनुरोध छ, अब केपी ओलीले बैठक बोलाउनु भयो भने त्यहाँ सहभागी भएर केपीका सबै गलत क्रियाकलापको विरोध गर्नुपर्छ । फागुन २८ मा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठक हैन, त्यसले गरेका निर्णय पनि फिर्ता लिनुपर्छ भनेर लडाइँ त्यहाँबाट सुरु गर्नुपर्दथ्यो । तर त्यस्तो देखिएन । दुवै पक्षमा देखिएन । सत्यको पक्षमा बहुमत नभए पनि हामी निरन्तर लडाइँ गर्नेछौं । म अल्पमतमा परेको मान्छेले आफूखुशी गर्छु भन्नहुन्न,’ उनले भने ।

नेता गौतमले माधव नेपाल र झलनाथ खनालले गुटगत भेला गरेकोमा असन्तुष्टी जनाएका छन् । उनले खनाल नेपाल समूहले फागुन २८ गतेका निर्णय फिर्ता गर्न माग गरेको विषय ठिक भएको तर, प्रक्रिया गलत भएको बताएका छन् ।

‘झलनाथ–माधव कमरेडले गरेको भेलाको पक्षमा छैन । तर उहाँहरुले पूर्ण बैठकको माग गर्नुपर्दथ्यो । केपी ओली नवौं महाधिवेशका मार्गदर्शक दस्तावेजको पक्षमा हुनुहुन्न भनेर आरोप लगाउनु पर्दथ्यो । राष्ट्रव्यापी छलफल गर्नुपर्दथ्यो । उहाँहरुले त्यसो नगरेर छुट्टै पार्टी जस्तो गर्नुभएको छ । त्यसमा मेरो सहमति छैन,’ गौतमले भने, ‘तर उहाँहरुको भेलालले जे पास गर्नुभएको त्यसमा मेरो समर्थन छ । त्यहाँ केही राम्रा विषय पनि छन् । फागुन २८ गतेका निर्णय फिर्ता गर्नुपर्छ भन्नुभएको त्यो ठिक छ । तर प्रक्रिया ठिक भएन ।’