काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफुलाई संसदीय दलको ह्वीप नलाग्ने बताएका छन् ।
आज बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा बोल्दै नेता गौतमले आफु राष्ट्रिय सभामा राष्ट्रपतिबाट चुनिएको सांसद भएको भन्दै दलको ह्वीप नलाग्ने बताएका हुन् ।
‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ, मलाई कुनै पनि दलको ह्विप लाग्दैन । तर म दलको निर्देशनभन्दा बाहिर जान्नँ, ’ उनले भने, ‘म सधैं पार्टी एकताको पक्षमा थिएँ । अहिले अब एमाले ब्यूँतिएको छ, त्यसले मलाई खुसी नै दिएको छ ।’
नेकपा विभाजनपछि कुनै समूहमा पनि नखुलेका गौतम आज पहिलोपटक नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी भएका हुन् । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा गौतम पुगेपछि नेकपा एमालेमा नयाँ तरंग सिर्जना भएको छ ।




प्रतिक्रिया