प्रधानमन्त्रीलाई वामदेवको जवाफः माधव नेपालको पार्टीमा जान्छु

प्रधानमन्त्रीलाई वामदेवको जवाफः माधव नेपालको पार्टीमा जान्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपाल समूहले नयाँ पार्टी खोले आफ्नो सहभागिता हुने बताएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका पक्षमा गरेको आग्रहलाई अस्वीकार गर्दै नेता गौतमले नेपाल समूहको नयाँ पार्टीमा सहभागी हुने बताएका हुन् ।

‘वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु’, प्रधानमन्त्रीलाई उनले भने ।

त्यस्तै उनले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने बताए । नेता गौतमको भनाईलाई अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफू ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकको भन्दै त्यस्तो काम गर्न नसक्ने बताएका थिए ।

गौतमलाई प्रधानमन्त्रीले भने, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

जवाफमा गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेको उनका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।