काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीलाई एकताबद्ध बनाउन लागि परेको बताएका छन् ।
आइतबार राष्ट्रियसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले नेकपा एमालेलाई एकताबद्ध बनाउन प्रयत्न गरिरहेको बताएका हुन् ।
‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ’, उनले भने ।
उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल बेस्सरी रिसाएको भन्दै एकतामा समय लाग्ने बताएका छन् ।
‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जी संग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु’, उनले भने ।




प्रतिक्रिया