माधव नेपालको पार्टीमा गएको छैन : वामदेव गौतम

माधव नेपालको पार्टीमा गएको छैन : वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता वामदेव गौतमले आफु माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको कुरामा कुनै सत्यता नरहेको प्रस्ट पारेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै बाहिर समाचार आएपछि गौतमको सचिवालयले हालसम्म नेकपा एमालेमा नै रहेको प्रस्ट पारेको हो ।

‘लामो समयदेखि अध्यक्ष केपी ओली नेतृत्वको कार्यशैलीप्रती मतभेद राख्दै आएपनि नेपाल नेतृत्वको नयाँ दल एमाले एकीकृत समाजवादी पार्टीमा लागेको कुरामा कुनै सत्यता छैन,’ सचिवालयले भनेको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि माधव नेपालले नेकपा एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका छन् ।

लामो समयदेखि एमाले एकताका लागि भन्दै तटस्थ बसेका गौतम नेपालले नयाँ दल दर्ता गराएपछि ‘वामदेव गौतम मन्त्री बन्दै, नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको’ लगायतका समाचार सार्वजनिक भएपछि उनको सचिवालयले चरित्रहत्या गर्न खोजेको आरोप लगाएको छ ।

‘आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’ सचिवालयले भनेको छ ।