प्रधानमन्त्री बन्न वामदेवको यस्तो प्रस्ताव, ओली र प्रचण्डले गरे अस्वीकार

प्रधानमन्त्री बन्न वामदेवको यस्तो प्रस्ताव, ओली र प्रचण्डले गरे अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले राष्ट्रियसभाको सदस्य बन्न अस्वीकार गरेका छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव अस्वीकार गरेका हुन् ।

शुक्रबार बिहान राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेता गौतमले आफू प्रधानमन्त्रीको दाबेदार भएको भन्दै अध्यक्षद्वयको प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रतिनिधिसभामा बर्दिया क्षेत्र नं. १ बाट पराजित भएपछि गौतमले संसदमा जान अनेक उपाय लगाए पनि त्यो सफल हुन सकेको छैन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था भएका कारण गौतमले यसअघि नै संविधान संशोधन गरेर सो प्रावधान हटाउन माग गरेका थिए ।

शुक्रबारको बैठकमा पनि गौतमले यही अडान दोहो¥याएको स्रोतले बतायो । अध्यक्षद्वयले दुई जनालाई राष्ट्रिसभामा लैजान प्रस्ताव गरे पनि गौतमले प्रतिनिधि सभामा मात्रै जाने अडान लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । गौतमको प्रस्ताव सुनेका ओली र प्रचण्डले ठाडै अस्वीकार गरे । गौतमले पनि आफू राष्ट्रियसभामा नजाने अडान राखेका थिए ।

प्रवक्ता श्रेष्ठका अनुसार गौतमले विधान संशोधन गरेर प्रधानमन्त्री पनि बन्न पाउने व्यवस्था गरेमात्रै राष्ट्रियसभामा जाने बताएका थिए ।