एमाले ब्यूँतिएपछि वामदेव भेट्न भैंसेपाटी पुगे विष्णु पौडेल

एमाले ब्यूँतिएपछि वामदेव भेट्न भैंसेपाटी पुगे विष्णु पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

सोमबार भैंसेपाटी पुगेर नेकपा महासचिवसमेत रहेका मन्त्री पौडेलले सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि उपाध्यक्ष गौतमसँग छलफल गरेको स्रोतले जानकारी दियो । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले ब्यूँताएपछि सोही विषयमा छलफल गर्न मन्त्री पौडेल भैंसेपाटी पुगेको स्रोतले जानकारी दियो ।

उपाध्यक्ष गोतम घरमै लडेर सामान्य घाइते भएका छन् । उनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पनि केही दिन अगाडि गएका थिए । प्रतिनिधिसभा विघटनपछि गौतम ओलीसँग टाढिएका छन् ।

एमाले ब्यूँतिएपछि अब करी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । पौडेल तत्कालीन एमालेको उपमहासचिव थिए भने गौतम तत्कालीन एमालेका उपाध्यक्ष थिए ।