वामदेवलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भनेः फेरि आयो, गयो नहोस्

वामदेवलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भनेः फेरि आयो, गयो नहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा निरन्तर उपस्थित हुन आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गरेपछि  पहिलोपटक एमालेको बैठकमा गएका गौतमलाई प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

गौतमलाई बैठकमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस् ।’

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम आज बैठकमा उपस्थित भएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ ।