वामदेवलाई प्रचण्डको प्रस्तावः हाम्रो अभियानमा महत्वपूर्ण भूमिका खेल्नुपर्‍यो

वामदेवलाई प्रचण्डको प्रस्तावः हाम्रो अभियानमा महत्वपूर्ण भूमिका खेल्नुपर्‍यो


काठमाण्ण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान खुमलटारमा भएको भेटवार्तामा पछिल्लो समय नेकपाभित्र देखा परेको समस्यामा केन्द्रीत भएर छलफल भएको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।

भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

‘तपाई पनि हाम्रो अभियानमा आउनुपर्‍यो । यसमा तपाईले महत्वपूर्ण भूमिका खेल्नुपर्‍यो । यो मुभमेन्टलाई मिलेर अगाडि बढाउनुपर्छ’, प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

जवाफमा उपाध्यक्ष गौतमले आफू अहिले एकताको पक्षमा भएकाले कुनै पक्षमा नलाग्ने बताएका छन् । उनले एकता विरोधी काम नगर्न पनि अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् ।

‘म संसद भंगकोविरुद्धमा हो । संसद भंग गरिनुहुँदैन थियो भन्ने हो । तर, तपाईको समूहमा म अहिले आउँदिन । म एकता अभियानमा छु । तपाईहरुले पनि भोली संवाद गर्ने ठाउँ, एकता गर्ने बाटो राखेर मात्रै गतिविधि गर्नुहोला भन्नुभयो’, उपाध्यक्ष गौतमको भनाई उद्धृत गर्दै सुवेदीले भने ।