काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुअघि सचिवालय सदस्यहरु बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा बादल र विष्णु पौडेलसंग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार उनीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।छलफलका क्रममा उनीहरुबीच तत्काल प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सहमति भएको बताइएको छ ।
बैठक साढे ५ बजे बस्दैछ । उनीहरु प्रधानमन्त्रीको पक्षमा लागेसँगै नेकपा सचिवालयमा प्रधानमन्त्रीको पक्षमा बहुमत पुगेको छ । प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री बादल, विष्णु पौडेल र वामदेव गौतम गरी ५ सदस्य छन् । पार्टी्भित्र विवाद बढ्दै गएपछि ओलीले प्रधानमन्त्रीमा गौतम र पार्टीको तेस्रो अध्यक्षमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया