तपस्वी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

तपस्वी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत सर्लाहीले बलात्कार मुद्दाका आरोपित तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आज बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र उनलाई महोत्तरी जिल्ला कारागार जलेश्वर चलान गरिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

अदालतले प्रतिवादीका साक्षीलाई माघ ७ गते बकपत्रका लागि अदालतमा बोलाउन आदेश दिएको छ ।