हत्या आरोप लागेका बम्जन विदेश भाग्ने तयारीमा


काठमाडौं-  हत्या आरोप लागेका तपस्वी रामबहादुर बम्जन विदेश भाग्ने तयारीमा रहेको खुलासा भएको छ । बम्जन निकट स्रोतले दिएको जानकारीअनुसार उनी पुर्वी एसियाका देशमा जाने तयारीमा छन् । उनिमाथी पांच अनुयायी हत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बम्जनले थाइल्यान्ड, भियतनाम र कम्बोडियामा शिविर संचालन गर्न लागेको भन्दै भगाउने तयारी भएको हो । भगवान बुद्धको अवतारको रुपमा अन्तर्रा्ष्ट्रिय चर्चा पाएका बम्जनले ध्यान शिविर संचालन गर्न जान लागेको भनेपनि तीनमध्ये एक देशमै बस्ने तयारी गरेको निकट स्रोतले जनाएको छ ।

बम्जनको आश्रमबाट फरक मिति र समयमा बेपत्ता पारिएका सञ्चलाल वाइबा, सुरेशआले मगर, रिता वोट, कर्मा तामाङ र फूलमाया रुम्बाको अवस्था लामो समयदेखि अज्ञात छ। प्रहरी अनुसन्धानले उनीहरु कोही पनि जीवित नरहेको निष्कर्ष निकाले पनि बम्जनसंग भने बयान लिन सकिरहेको छैन। वेपत्ता भएकहरुका परिवारले बम्जनमाथी अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रहरी अधिकारीका अनुसार बम्जनको सहयोगी समूहले सत्तारुढ दलका नेता, मन्त्री र सचिवहरुलाई भेटेर बम्जनमाथिको अनुसन्धान बन्द गर्न दवाब तीब्र पारिरहेको छ । उच्च तहबाटै यथेस्ट प्रमाण विना बयान नलिन दबाव आएको ति प्रहरी अधिकारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement