भारतीय वामपन्थी नेता कन्हैया विरुद्ध देशद्रोहीको मुद्दा चलाउन दिल्ली सरकारको अनुमति

भारतीय वामपन्थी नेता कन्हैया विरुद्ध देशद्रोहीको मुद्दा चलाउन दिल्ली सरकारको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले प्रहरीलाई अनुमति दिएको छ । केजरीवाल नेतृत्वको दिल्ली सरकारले कन्हैयासहित १० जनालाई देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएको हो ।

जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउदै दिल्ली प्रहरीले मुद्दा दायर गरेको थियो।

तर मुद्दा अगाडि बढाउनका लागि दिल्ली सरकारको अनुमति प्राप्त भएको थिएन। दिल्ली सरकारले यसलाई टाल्दै आए पनि पछिल्लो पटक अनुमति दिएको हो। देशद्रोहको मुद्दा चलाउनका लागि सम्बन्धित राज्य सरकारको अनुमति चाहिने भारतीय संविधानमा प्रावधान रहेको छ।

केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।

दिल्ली सरकारले देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएलगत्तै कन्हैया कुमारले फास्ट ट्रायकबाट मुद्दाको सुनुवाई गर्न माग गरेका हुन् ।