काठमाण्डु- चन्द्रगिरि नगरपालिका–१ स्थित केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
शुक्रबार बिहानदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । उनीहरू अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भएपनि हावा लागेका कारण समस्या भएको छ ।




प्रतिक्रिया