बनाना रिसोर्टमा आगलागी

बनाना रिसोर्टमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहटको ईशनाथ नगरपालिका–२ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ ।

केराको मात्र परिकार पाउने सो रिसोर्टमा अचानक आगोलागी भएको हो ।

बनाना रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार आगोलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिन र खाद्यन्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ ।

आगलागी घटनाको जानकारी पाउने वित्तिकै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बरुण यन्त्र ( दमकल ) घटनास्थलमा पुगेको थियो ।

आगलागीको मुख्य कारण थाहा नभए पनि बिजुली सर्टबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको रौतहट प्रहरीले जनाएको छ ।