काठमाण्डु– बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोल फाल्न मिल्ने भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङको प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका हुन् ।
मन्त्री घिसिङ बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानियहरु सहमत भएका हुन् ।
स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाण्डु महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो ।
शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालासँग छलफल भएको थियो। तर सहमति जुट्न सकेको थिएन ।
मन्त्रालयमा भएको छलफल प्रभावकारी नभएपछि मन्त्री घिसिङ आज आफैँ बञ्चरेडाँडा पुगेका हुन्।
२०७९ जेठ २६ मा काठमाण्डु महानगरसँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो ।




प्रतिक्रिया