बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगे कुलमान घिसिङ

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगे कुलमान घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका छन् ।

काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि त्यसको समाधानको प्रयास गर्न आइतबार बिहान उनी बन्चरेडाँडा पुगेका हुन् ।

बन्चरेडाँडा पुगेका मन्त्री घिसिङले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएका छन् ।

२०७९ जेठ २६ मा काठमाण्डु महानगरसँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो ।

शुक्रावारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् । उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।