धनगढी – कैलालीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले श्रीमती २५ वर्षीया रमा चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको र आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान साढे ५ बजेतिर श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफूले झुण्डिएर आत्महत्या गरेका हुन् । श्रीमतीको टाउकोमा दुईपटक बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।
‘श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको पाइयो’ प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले भने, ‘स्थानीयले देखेपछि हामीलाई खबर गरेका हुन्।’ घरको बार्दलीमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चौधरीलाई डोरी काटेर बचाउने प्रयास भएको थियो।
उनलाई उपचारका लागि टीकापुर अस्पताल र्पुयाइए पनि चिकित्सकले भने मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तिमिल्सेनाले बताए।




प्रतिक्रिया