काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ । हवाई उडान, सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित अभ्यास गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।
कार्यालयका अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा उक्त अभ्यासका लागि विमानस्थल बन्द गर्न लागिएको जनाइएको छ ।




प्रतिक्रिया