काठमाण्डु – सरकारले असोज ३० गतेसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारततर्फका सीमा नाका ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगका १० वटा नाकाबाट मात्र प्रवेश अनुमत दिइने जानकारी दिए ।
त्यस्तै सरकारले कात्तिक १ गतेबाट विदेशीका पर्यटकका लागि आवागमन खुल्ला गर्ने निर्णय गरेको छ ।
प्रवक्ता ज्ञवालीले हिमाल आरोहण गर्न आउने र पदयात्राका लागि आउने पर्यटकलाई कात्तिक देखि खुला गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले शैक्षिक संस्था, परीक्षा संचालन, गोष्ठी, तालिम, खेलकुद जस्ता क्रियाकलापहरू अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया