अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाण्डुमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिएका हुन् ।

“हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाण्डुमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।”, उनले भने ।