बन्दिपुर केवलकारको आइपीओ निष्कासन, कहिले सम्म दिन सकिन्छ आवेदन ?

बन्दिपुर केवलकारको आइपीओ निष्कासन, कहिले सम्म दिन सकिन्छ आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाबाट वा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ । आइपीओमा आवेदन दिने अन्तिम म्याद छिट्टैमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीलाई धितोपत्र बोर्डले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो । जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार ५ सय कित्ता र विदेशमा रहेका नेपाली श्रमिकका लागि ५ लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको थियो ।