मूल्यवृद्धि विरुद्ध बानेश्वरमा युवा संघको ‘राँके जुलुस’, सरकारी गाडी तोडफोड

मूल्यवृद्धि विरुद्ध बानेश्वरमा युवा संघको ‘राँके जुलुस’, सरकारी गाडी तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले बढ्दो इन्धनको मुल्य र अर्थमन्त्री जनार्दन शर्माको विरोधमा प्रदर्शन गरेको छ । काठमाण्डुको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले राँके जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले मसाल जलाएर प्रदर्शन गरेपछि त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो । प्रदर्शनकारीहरुले मसाललाई घरघरमा फ्याँकेका थिए । प्रदर्शनकारीले सरकारी गाडी समेत तोडफोड गरेका छन् ।

स्वघोषित रुपमा नै युवासंघले सरकारी गाडी अवरोध गरेको हो । युवासंघको विरोधमा कारण बानेश्वर क्षेत्रको ट्राफिक व्यवस्थापनमा अहिले समस्या आएको छ ।