बंगलामुखी मन्दिरमा पनि दर्शनार्थीहरूको भिड (फोटो फिचर)

बंगलामुखी मन्दिरमा पनि दर्शनार्थीहरूको भिड (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । आजका दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा चढाउने परम्परा रहेको छ ।

 दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गर्ने प्रचलन रहेको छ । ललितपुरको बंगलामुखी मन्दिरमा पनि दर्शनार्थीहरूको भिड लागेको छ । बिहानैदेखि मन्दिर परिसरमा लाइन लागेको छ । त्यहाँको दृश्यलाई काठमाण्डुपाटीकर्मी वसन्त खड्काले आफ्नो क्यामेरामा कैद गरेका छन् ।
हेरौँ तस्विरमा :

 

No description available.

No description available.

No description available.

No description available.

No description available.