काठमाडौं – बंगलादेश र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका राजदूतहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण गर्नेमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर वंशीधर मिश्र र कतारका लागि नेपालको अवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर नारदनाथ भारद्वाज रहेका छन् ।




प्रतिक्रिया