बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड

बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका – बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । अल्पसंख्यक हिन्दू समुदायको आस्थामाथि एकपछि अर्को हमला भइरहेका बेला आईतबार अज्ञात मुस्लिम आक्रमणकारीहरुले हिन्दू मन्दिरमा तोडफोड गरेका हुन् ।

आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन् । गत बुधबार दुर्गा पूजाका क्रममा मुसलमानहरुले हिन्दू मन्दिरमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो । हिन्दू आस्थामाथि भएको हमलाको विरोधमा आइतबार प्रदर्शनमा उत्रिएका हिन्दूमाथि मुसलमानहरुले हमला गरेका थिए ।

दोहोर झडपमा एक प्रहरी अधिकारीसहित ४० जना घाइते भएका थिए । मुस्लिम समूहले बिभिन्न मन्दिर र हिन्दूहरुको स्वामित्व भएका पसलमा आक्रमण गरि लुटपाट मच्चाएपछि सरकारले थप प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो । दुर्गा पुजा मनाउने क्रममा शनिबार दिनभर आक्रमणकारीले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दू धर्मालम्बीलाई कुटपिट गरेका थिए ।

आक्रमणकारीले काली मन्दिरका ६ ओटा मूर्ति तोडफोड गरेका थिए । यसैबीच, दुर्गा पूजाका क्रममा हिन्दूमाथि भएको हमलाको बिरोधमा वंगलादेश हिन्दू बौद्ध क्रिष्चियन एकता परिषद्ले २३ अक्टोबरदेखि अनसन र भोक हड्ताल घोषणा गरेको छ । ढाकाको शाहबाघ र चित्तगोङमा बिरोध कार्यक्रम गरिने परिषद्का महासचिब राना दासगुप्ताले पत्रकार सम्मेलनमा जानाकारी दिए ।