बंगलादेशमा सबै नेपालीहरू सुरक्षित छन् : नेपाली दूतावास

बंगलादेशमा सबै नेपालीहरू सुरक्षित छन् : नेपाली दूतावास


काठमाण्डु– ढाकास्थित नेपाली दूतावासले  त्यहाँ रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएको छ।

बंगलादेशमा जारी आरक्षणविरूद्धको आन्‍दोलन थप हिंसात्मक बनेपछि दूतावासले सोमबार एक सूचना जारी गर्दै करिब ४०० जना विद्यार्थीहरूसहित सबै नेपालीहरू सुरक्षित रहेको बताएको छ।

साथै नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्क भइरहेको पनि सूचनामा उल्लेख छ।

दूतावासले नेपालीहरूलाई आफूहरू बसेकै स्थानमा सुरक्षित साथ रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ।

‘नेपाल फर्किन चाहने विद्यार्थीहरू र सम्पूर्ण नेपालीहरूले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्‍चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

दूतावासले आवश्यक समन्वयका लागि दुई वटा नम्बर पनि सार्वजनिक गरेको छ।

द्वितीय सचिव +८८०१८८०६९१०१३ र रिया क्षेत्री +८८०१७४५४०७९५८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।