साफ यू–१५ फुटबलको उपाधि बंगलादेशलार्इ

साफ यू–१५ फुटबलको उपाधि बंगलादेशलार्इ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशले चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि हात पारेकाे छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पाखा लगाउँदै बंगलादेशले उपाधिमाथि कब्जा जमाएकाे हाे।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक-एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएकाे थियाे।

खेलको २७ औँ मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ आैँ मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो ।

विजेता टोलीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गरे।