बंगलादेशमा शेख हसिनाको निवासलाई संग्रहालय बनाइँदै

बंगलादेशमा शेख हसिनाको निवासलाई संग्रहालय बनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आधिकारिक निवास अब क्रान्ति संग्रहालयमा परिणत हुने भएको छ । कडा सुरक्षाको घेरामा रहेको निवासलाई संग्रहालय बनाएर निरंकुश शासनको स्थायी सम्झनाको रूपमा राखिने एएफपीले जनाएको छ ।

विशाल गणभवन महल (हसिना निवास)ले भविष्यलाई सन्देश दिने आशा बंगलादेश सरकारको विश्वास छ । भवनका भित्ताहरूमा लेखिएको ग्राफिटी हुबहु राखिएको छ ।

बंगलादेश सरकारले हसिनाको शासनमा व्यापक मानव अधिकार उल्लंघन भएको आरोप लगाएको छ । जसमा उनका राजनीतिक विरोधीको सामूहिक हिरासत र अवैध हत्या समावेश छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार, उनलाई सत्ताबाट हटाउन गरिएको आन्दोलनका क्रममा २०२४ को जुलाई र अगस्टमा एक हजार ४०० मानिस मारिएका थिए ।

आन्दोलनले चरमरूप लिएपछि ७७ वर्षीया हसिना भारतको शरणमा पुगेकी थिइन् । ढाकामा उनीमाथि मानवताविरुद्धको अपराधको आरोपमा मुद्दा चलिरहेका छन् ।

सरकारको नेतृत्व गरिरहेका ८५ वर्षीय मुहम्मद युनुसले हसिनाको गलत राजनीतिको सम्झना र उनलाई सत्ताबाट हटाउँदाजनताको आक्रोशलाई संरक्षण गर्नु उनको निवासलाई संग्रहलायमा परिणत गर्न लागिएको बताएका थिए ।

एक वर्षपछि पनि करिब १७ करोड जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र अझै राजनीतिक अस्थिरतामा छ ।