बंगलादेशमा लकडाउन तोड्दै नेताको अन्त्येष्टिमा एक लाख मानिस सहभागी

बंगलादेशमा लकडाउन तोड्दै नेताको अन्त्येष्टिमा एक लाख मानिस सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बंगलादेशमा एक लाखभन्दा बढी मानिसले शनिवार लकडाउन (बन्दाबन्दी) को अवज्ञा गर्दै एक इस्लामिक दलका वरिष्ठ नेताको अन्त्येष्टि समारोहमा सहभागी बनेका छन् ।

प्रधानमन्त्रीका विशेष सहायक शाह अली फरहाद र ब्राह्मणबारिया प्रहरी प्रवक्ता इम्तियाज अहमदले भीडको संख्याको अनुमान लगाएका हुन् ।

इस्लामिक धर्मगुरु मौलाना जुबेर अहमद अन्सारीको अन्त्येष्टिमा भाग लिन मानिसहरूले बन्दाबन्दीको अवज्ञा गरेका हुन् । यसले गर्दा अब कोरोनाभाइरसको नयाँ संक्रमण शुरू हुने डर बढेको छ ।

हजारौं मानिस वरपरका क्षेत्रबाट निस्केर अन्त्येष्टि समारोहमा उपस्थित भएको इस्लामिस्ट पार्टीका सहमहासचिव मोहम्मद मामुनुल हकले बताए ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन सकेको थिएन । यति ठूलो भीड कसरी जम्मा हुन दिइयो भन्ने विषयमा अनुसन्धानका लागि एक समिति गठन गरिएको बंगलादेश प्रहरीका प्रवक्ता सोहेल राणाले बताए ।

बंगलादेशमा कोरोनाका कारण ९१ जनाले ज्यान गुमाइसकेका छन् ।