काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेश सरकार र बङ्गलादेशका जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत बङ्गलादेश नेशनलिस्ट पार्टीलाई १३औँ संसदीय निर्वाचनमा ऐतिहासिक विजयी भएकोमा तारिक रहमानलाई बधाई दिएकी हुन् ।
“हाम्रा छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न तपाईंसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राख्दछु,” प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन् ।




प्रतिक्रिया