बंगलादेशका प्रधानसेनापती अजिज अहमद नेपालमा


काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बंगलादेशका प्रधानसेनापति जनरल अजिज अहमद पाँच दिने नेपाल भ्रमणका लागि शुक्रबार नेपाल आईपुगेका छन्। उनले शनिबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरे।

उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत दियो । भ्रमणका क्रममा पोखरा पुगेका अहमद आईतबार काठमाडौं आउने छन्। उनी मंगलबार स्वदेश फर्कनेछन्।

पाँच दिने औपचारिक भ्रमण पुरा गरी उनी २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । नेपाल र मित्रराष्ट्र बंगलादेश बीचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ । उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहँदै आएको सम्बन्धले थप उचाई लिने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement