बंगलादेशमा गोरु पु¥याउन तस्कर सक्रिय, स्थानीयले सातवटा मोटरसाइकल जलाए

बंगलादेशमा गोरु पु¥याउन तस्कर सक्रिय, स्थानीयले सातवटा मोटरसाइकल जलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको हो ।

यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो । झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीको मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।