ढांका – बंगलादेशले सबैभन्दा लामो पुल निर्माण सम्पन्न गरेको छ । पदमा नदीमाथि बंगलादेशले ६ः१५ किलोमिटर लामो पुल बनाएको हो । उक्त पुलको शनिवार प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गरेकी छन् ।
उनले शिलान्यास कार्यक्रममा बोल्दै यो पुल केवल इटा,फलाम र सिमेन्टको थुप्रो मात्र नभएर बंगलादेशको गौरव र सान भएको बताईन । प्रधानमन्त्री हसिनाले यसबाट बंगलादेशले आफ्नो क्षमता र शक्ति देखाएको दावी गरिन् ।
बंगलादेशले सुरुमा यति ठुलो परियोजना बनाउन नसक्ने भन्दै आशंका थियो । तर, सरकारले यो पुल २० वर्षमा निर्माण गरेको हो । यसमा लागत भन्ने तेब्बर बढी खर्च भएको बताइएको छ ।
राजधानी ढाकालाई बंगलादेशको दक्षिणपश्चिम क्षेत्रसँग जोड्ने यो पुलको निर्माणमा ३.६० अर्ब अमेरिकी डलर खर्च भएको छ । जसको लगानी बंगलादेश सरकारले गरेको हो । यो पुलमा माथि गाडी गुड्ने चार लेनको बाटो छ भने मूनि रेलवेको सिंगल ट्रयाक छ ।
रेलवे लाइन सुरु हुने वित्तिकै ढाका र कोलकोत्ताको दुरी आधा हुनेछ । यसबाट ढाका र कोलकोत्ताको बीचमा संचालित मैत्री एक्सप्रेस टे«नबाट समय समेत दुई तिहाई कम हुने र हजारौं रेल यात्रिलाई फाइदा हुने भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
चिनियां कम्पनी चाइना रेलवे मेजर ब्रिज इन्जीनियङि ग्रुप कम्पनी लिमिटेड (एमबीईसी) ले यो पुलको निर्माण गरेको हो । प्रधानमन्त्री हसीनाले ४ जुलाई २००१ मा मुंशीगंज जिल्लाको मावामा पदमा पुलको शिलान्यास गरेकी थिईन ।
दुई दशक पहिला यो पुल निर्माणको बहस बंगलादेशमा सुरु भएको थियो । २०१२ मा विश्व वैंकले १.२ डलर विलियन ऋण उपलब्ध गराएकोमा भ्रष्टाचार भएको भन्दै उसले सम्झौंता भंग गर्ने निर्णय गरेको थियो । यद्यपी सरकारले भने त्यसमा सत्यता नभएको दावी गरेको थियो ।







प्रतिक्रिया