कोरोना भ्याक्सिन निर्माणमा आशाको किरणः बंगलादेशमा चिनियाँ खोपको तेस्रो चरणको परीक्षण अनुमति


एजेन्सी – बंगलादेश मेडिकल रिसर्च काउन्सिल(बीएमआरसी) ले चिनियाँ फर्म सिनोवाक बायोटेक लिमिटेडलाई कोरोनाभाइरस खोपको अन्तिम चरणको परीक्षणलाई अनुमति दिएको छ ।

बीएमआरसीका निर्देशक महमुद–उज–जहानले भने, ‘हाम्रो राष्ट्रिय अनुसन्धान नीतिशास्त्र समिति (बीएमआरसी) ले सिनोवाकको (भावी)कोभिड तेस्रो चरणको भ्याक्सिनको क्लिनिकल परीक्षणलाई स्वीकृति दिएको छ ।’

बीएमआरसी अधिकारीहरुले सुरक्षा मुद्दाहरूको साथसाथै बंगलादेशको फाइदालाई ध्यानमा राख्ने बताएका छन् ।

‘हामीले सिनोवाकको कोभिड–१ भ्याक्सिन विकास प्रक्रियाको अवलोकन पनि गरेका छौं । हामीले पत्ता लगायौं कि उनीहरूले भ्याक्सिन निर्माणमा प्रगति गरेका छन् यद्यपि चीनमा मुद्दा चलिरहेको छ,’ उनले भने ।

ढाकामा आधारित डाईरिया रोग सम्बन्धी अनुसन्धान, बंगलादेशको अन्तर्राष्ट्रिय केन्द्रले अध्ययन अनुसन्धान गर्न प्रोटोकल पेश गरेको थियो ।

जहानले भने, ‘बीएमआरसी स्वीकृतिका लागि स्वास्थ्य सेवा महानिदेशालय र औषधि प्रशासन महानिर्देशकको अनुमोदन आवश्यक पर्छ । तर आईसीडीडीआरबीका अधिकारीहरूले तिनीहरू अझै पनी सिनोवाकसँग औपचारिक सम्झौताको प्रतिक्षा गरिरहेको बताएका छन् । यद्यपि उनीहरूले तेस्रो चरणको खोपको मानवमा परीक्षण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका थिए ।’

प्रतिक्रिया दिनुहोस
Advertisement