काठमाण्डु – बंगलादेशमा फेरि हिंसात्मक घटनाहरू भएका छन् ।
उग्र इस्लामी भिडले एक आध्यात्मिक व्यक्तिको शव जलाएर चिहान अपवित्र बनाएको विरोधमा हि.सात्मक घटना भएको हो ।
यस्तै अर्को एक समूहले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगको सहयोगी जातीय पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरेको छ ।
आफूलाई ‘मुस्लिम एकेश्वरवादी जनसमूह’ भन्ने समूहले साधुका रूपमा चिनिएका नुरा पागलाको मृत्यु भएको करिब दुई हप्ता पछि उनको शव जलाउँदै चिहान खनेर अपवित्र बनाएकोे, शव बाहिर निकालेको र उनको पश्चिमी राजबारी जिल्लास्थित दरगाहमा तोडफोड गरेको छ ।
यसपछि पागलाका अनुयायी र इस्लामवादी समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । भिडन्तका क्रममा प्रहरी र स्थानीय प्रशासन प्रमुखको सवारीसाधनमा समेत आगजनी गरिएको छ ।
दोस्रो घटनामा शुक्रबार साँझ राजधानी ढाकाको पुराना पल्टनस्थित जातिया पार्टी (जेपी) को कार्यालयमा आगजनी भएको छ । यो घटना त्यहीबेला भएको हो जब गत साता गोनो अधिकार परिषदका नेता नुरुल हक नुर सेना र प्रहरीको संयुक्त कारबाहीमा गम्भीर घाइते भएका थिए ।
गोनो अधिकार परिषद गत वर्षको ‘जुलाई विद्रोह’ का नामले चिनिएको हिंसात्मक आन्दोलनसँग आबद्ध समूह हो, जसले २०२४ अगस्ट ५ मा शेख हसिनाको सरकारलाई सत्ताच्युत गरेको थियो ।
ढाका प्रहरीले शुक्रबार साँझको आगजनीको दोष गोनो अधिकार परिषदलाई दिए पनि, संगठनका महासचिव राशेद खानले अस्वीकार गरेको छ ।
निजी समाचार संस्था यूएनबीका अनुसार आक्रमणअघि पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमाते–इस्लामी र अन्य सहयोगी समूहका कार्यकर्ताले त्यही ठाउँमा प्रदर्शन गरेका थिए ।
ढाकाका उपप्रहरी आयुक्त मसूद आलमले गोनो अधिकार परिषद्का कार्यकर्तालाई तितरबितर पार्न प्रहरीले तीनवटा साउन्ड ग्रेनेड र वाटर क्याननको प्रयोग गरेको बताए ।
समाचारअनुसार, आगजनी हुनु ठीकअघि पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी र त्यसका सहयोगी संगठनका कार्यकर्ताले नजिकै ¥याली गरेका थिए ।
यी घटनामाथि अन्तरिम सरकार र युनुसको कार्यालयले कुनै प्रतिक्रिया दिएका छैनन् । गत शुक्रबारको तुलनामा यस पटक सेना हिंसास्थलबाट टाढा रहेको देखिएको हो ।




प्रतिक्रिया