साउनका लागि १४ बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

साउनका लागि १४ बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बाणिज्य बैंकहरुले साउन महिनाकालागि नयाँ ब्याजदर सार्वजनीक गरेका छन् ।

बुधबार सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार साउन महिनाका लागि अधिकांश बैंकहरूले ब्याज घटाएका छन् ।

२० मध्ये १४ बाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकले असारकै ब्याजदरलाई कायम राखेका छन् ।

सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याएको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ४ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याएको छ ।

यस्तै सबैभन्दा धेरै घटाउनेमा प्रभु बैंकले रहेको छ । प्रभुले १.८५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

साउनमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र नेपाल बैंकले भने साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।

त्यस्तै, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । अर्थात, यी बैंकले साउनमा पनि असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गरेसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् ।

कुन बैंकको ब्याजदर कति ?

बैंकहरुवैशाखजेठअसारसाउन
नबिल५.७५५.७५५.७५५.५०
नेपाल इन्भेष्टमेन्ट मेगा६.५५.५५.५५.२५
माछापुच्छ्रे५.५०
हिमालयन५.५६.२५६.२५
नेपाल एसबिआई५.५५.५५.५५.३५
एभरेष्ट६.६१६.६४६.५५६.२५
एनआईसी एसिया६.६६.६६.५५६.२५
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५६.२५६.२६
लक्ष्मी सनराइज५.७५५.७५५.७५५.५०
कुमारी५.९२५.९१५.५१५.४१
सिद्धार्थ५.७५५.७५५.७५
सानिमा५.९५६.३३६.३३६.१८
एनएमबि६.६६.६
प्रभु६.१६.१६.१४.२५
ग्लोबल आइएमई
सिटिजन५.६५५.६५५.६५५.५०
प्राइम कमर्सियल६.२५६.२५६.२५
कृषि विकास५.५१५.५१५.४५५.४०
नेपाल बैंक५.१५५.४५५.४५५.४०
राष्ट्रिय वाणिज्य बैंक५.५०

स्रोत : वाणिज्य बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण