भदौमा कुन बैंकले कति व्याज दिन्छ ? (सूची)

भदौमा कुन बैंकले कति व्याज दिन्छ ? (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भदौ महिनादेखि लागू हुने ब्याजदर वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन्। साउनको तुलनामा २० बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् भने १ बैंकले मात्र बढाएको छ।

स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबीआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर तल झारेका छन्।

सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटाएको छ । साउनमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा घटाएर ५.१३५ मा ल्याइएको छ।

प्रभु बैंकले भने ब्याजदर बढाएको छ। साउनमा सबैभन्दा कम ब्याज (४.२५ प्रतिशत) दिने प्रभुले भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्‍याएको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। सो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो। बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ। सो बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा भने ७ वाणिज्य बैंकहरुले अधिकतम ब्याजदर घटाएका छन् भने कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। यस्तो मुद्दति निक्षेपको ब्याजदर औषतमा ०.१५ प्रतिशत घटेको हो।

कुन बै‌कले कति व्याज दिन्छ ?

बैंकसाउनको ब्याजदरभदौको ब्याजदर
कृषि विकास५.४५.२
एभरेस्ट६.२५५.७५
नेपाल५.४५.४
लक्ष्मी सनराइज५.५
माछापुच्छ्रे
एनआईसी एसिया६.२५६.२५
प्रभु४.२५५.३५
स्टान्डर्ड चार्टड६.२६५.१३
राष्ट्रिय वाणिज्य५.५५.५
नबिल५.५५.५
ग्लोबल आईएमई
सिद्धार्थ५.७५५.५
प्राइम कमर्सियल
कुमारी५.४१५.२१
सानिमा६.१८५.७५
हिमालयन
नेपाल एसबीआई५.३५५.२५
इन्भेस्टमेन्ट मेगा५.२५५.२५
एनएमबी
सिटिजन्स५.५५.५