राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषदबीच  सम्झौता भएको छ ।

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार काठमाडौंमा सम्झौता भएको हाे ।

सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्झौताले युवाहरुमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंक, युवा परिषद् र पालिकाको त्रिपक्षिय सहकार्यबाट यो कार्यक्रम सञ्चालन हुने हुँदा कर्जाको सदुपयोगिता बढ्न गई उत्पादन तथा स्वरोजगारी सृजनामा सघाउ पुग्ने बताए।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सहुलियतपूर्ण कर्जा प्रवाहकोे बारेमा प्रकाश पार्दै परिषद् र बैंक बीच लामो समयदेखि उद्यमशीलता विकासको लागि सहकार्य हुँदै आएको बताए।

उक्त कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख रमाकान्त शर्मा, उपसचिव दिनेश घिमिरे, बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल विभागीय प्रमुखहरु आनन्द सुवेदी, ऋषभ भट्टराई, अच्युत गौतम र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।