एन आई सी एशिया बैंकलाई आई एस ओ २७००१:२०१३ प्रमाणपत्र

एन आई सी एशिया बैंकलाई आई एस ओ २७००१:२०१३ प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एन आई सी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डराजेसन (आई एस ओ) मान्यता प्राप्त गरेको छ । बैंकले आई एस ओ २७००१ः२०१३ इन्र्फमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम मापदण्डको मान्यता प्राप्त गरेको जनाएको छ ।

बैंकले आफ्ना ग्राहकको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहको विवरण सुरक्षीत राख्ने सुनिश्चितता देखाए वापत बैंकलाई क्वालीटी अस्ट्रिया सँग आबद्ध सर्टिफिकेसन एण्ड इन्र्फमेसन सेक्युरिटी सर्भिस जि एम बि एचले प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो । प्राप्त उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंकको देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं १ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन् । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २ लाख २७ हजार भन्दा बढी खाताहरू रहेको बैंकले जनाएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू २ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ ।

बैकको वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको बताइएको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।