एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट


काठमाण्डु- राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गथ्र्यो । अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरको औसत लिएर तय गरिन्छ ।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो । बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर (चैत, वैशाख र जेठ) को १०.३४ प्रतिशतमा आएको छ । फागुन, चैत र वैशाखको औसत आधारदर १०.४४ प्रतिशत थियो ।

यसअवधिमा तीन वाणिज्य बैंकहरुको औसत आधारदर एकल अंकमा रहेको छ । एकल अंकमा आधार दर हुनेमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड र नेपाल बैंक रहेको छ । सबैभन्दा कम औसत आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८.२४ प्रतिशत छ । स्टान्डर्ड चार्टर्डको ९.२९ प्रतिशत र नेपाल बैंकको ९.५५ प्रतिशत औसत आधारदर रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिने गर्छन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ भने बेस रेट घट्दा ब्याजदर पनि घट्दै आउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement