काठमाडाैँ—अब बैंक तथा वित्तीय संस्थाले १५ लाख रुपैयाँसम्मको कृषि उद्यम तथा व्यवसाय कर्जा ७ दिनभित्र उपलब्ध गराउनु पर्नेछ।
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेकाे आर्थिक वर्ष ०७६/०७७ काे को मौद्रिक नीति अनुसार प्रत्येक शाखाले कर्जाको निवेदन परेको मितिले सात दिनभित्र कर्जा दिइसक्नुपर्ने व्यवस्था गरेको छ ।
सो समयसीमा भित्र कर्जा दिन नसक्ने भए सोको स्पष्ट कारण सम्बन्धित ग्राहकलाई दिनुपर्ने छ । त्यसका लागि कुनै प्रकारको सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । चालुसमय अगावै कर्जा भुक्तानी गरेमा पनि अग्रिम भुक्तानी शुल्क लिन नपाउने व्यवस्था गरेको समेत राष्ट्र बैंकले गरेको छ ।
यस्तो कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतमात्र शुल्क थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने छ । अहिले देशभर बैंक तथा वित्तीय संस्थाका ८ हजारपाँच सय ६४ शाखा कार्यालय स्थापना भइसकेका छन्।




प्रतिक्रिया