पुसका लागि १३ बैंकले घटाए ब्याजदर, सात बैंकको स्थिर

पुसका लागि १३ बैंकले घटाए ब्याजदर, सात बैंकको स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पुसका लागि बाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंक मध्ये १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ ले स्थिर राखेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशतले घटाएका छन् ।

कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआईले ब्याजदर घटाएका छन् भने माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन् ।

मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ५.०४०५ प्रतिशत ब्याजदर थियो भनेपुसमा ४.८३४ प्रतिशतमा झरेको छ ।

मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम जम्मा ५.५ प्रतिशत कायम गरेको छ ।

बैंकमंसिरको ब्याजदरपुसको ब्याजदर
कृषि विकास४.९५४.५५
एभरेस्ट४.७५
नेपाल५.२५५.१
लक्ष्मी सनराइज४.७५
माछापुच्छ्रे
एनआईसी एसिया
प्रभु४.९५४.५५
स्टान्डर्ड चार्टड४.७४.६
राष्ट्रिय वाणिज्य५.५
नबिल४.७५४.५५
ग्लोबल आईएमई५.५
सिद्धार्थ
प्राइम कमर्सियल४.७५४.२५
कुमारी४.९१४.५३
सानिमा४.७५
हिमालयन५.५५.५
नेपाल एसबीआई४.८४.५५
इन्भेस्टमेन्ट मेगा
एनएमबी
सिटिजन्स४.७५४.७५