काठमाण्डु – नेपाल राष्ट्र बैंकले मासिक आधारमा चैत महिनामा वार्षिक औसत मूल्यवृद्धि ४.४७ प्रतिशत भएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष चैतमा यस्तो वृद्धिदर ३.३९ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउनदेखि चैतसम्म) औसत मूल्य वृद्धिदर २.३९ प्रतिशत छ ।
गत आर्थिक वर्ष २०८१/८२ को यो अवधिसम्मको औसत मूल्यवृद्धि ४.५७ प्रतिशत थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि औसत ५ प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ ।
समीक्षाको ९ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा घ्यु तेलमा सबैभन्दा धेरै १२.८७ प्रतिशत, फलफूलमा ११.६७ प्रतिशत, तरकारी मा ९.१८ प्रतिशतले वृद्धि भएको छ ।
दाल तथा गेडागुडीको २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १.६८ प्रतिशत र मरमसला १.६४ प्रतिशतले मूल्य घटेको छ ।
गैरखाद्य तथा सेवाअन्तर्गत विविध वस्तु तथा सेवामा १९.९४ प्रतिशत, यातायात १२.३ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिरा तथा पेय पदार्थको ४.७७ प्रतिशत र कपडाजन्य तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशतले बढेको छ ।




प्रतिक्रिया