बैंकका सिईओ र सञ्चालकको भत्ता कटौती


काठमाण्डु – राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) को तलब भत्ता कटौती गर्ने निर्णय गरेको छ ।

शुक्रबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोरोना भाइरसको महामारीका कारण मितव्ययिता कायम गर्नुपर्नै भएकलो यस्तो निर्णय गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ । सञ्चालक समितिको वैठक भत्ता तथा सुविधा निर्धारण सम्बन्धमा मापदण्ड तर्जूमा गरिनेछ’, मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement