लुटेरालाई समात्ने सुरक्षा गार्ड प्रहरीद्धारा सम्मानित

लुटेरालाई समात्ने सुरक्षा गार्ड प्रहरीद्धारा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – बैंक लुट्न आएका लुटेरालाई समात्ने सुरक्षा गार्ड प्रहरीद्धारा सम्मानित भएका छन् ।
जिल्लाको कलैया उपमहानगरपालिकामा रहेको एनसीसी बैङ्कमा चोरी गर्न आएको चोरलाई पक्राउ गर्ने सुरक्षा गार्ड प्रसाद यादवलाई प्रहरीले पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले पूर्व प्रहरी हवलदारसमेत रहेका साहेब प्रसाद यादवलाई रु ५ हजार नगदसहित पुरस्कृत गरेका हुन् ।

बिहीबार राती १२ः३० बजेको समयमा एक १७ वर्षीय युवक चोरी गर्ने मनसायले बैङ्कको छतबाट कम्पाउन्डमा प्रवेश गरेका थिए । ती युवकले सिसीटीभी र बिजुलीको लाइन काटेर चोरी गर्न लागेको अवस्थामा सुरक्षागार्ड यादवले पक्राउ गरर प्रहरीलाई खबर गरेका थिए ।